काठमाडौं- नगेन्द्रप्रसाद-आशालता रिजाल प्रतिष्ठान विराटनगरले सत्यमोहन जोशीलाई सम्मान गरेको छ। शनिबार काठमाडौंँमा कार्यक्रम गरी जोशीलाई सम्मान गरेको हो।
नेपालमा भाषा साहित्य र संस्कृति संरक्षण तथा संवर्द्धनमा योगदान पुराएबापत संस्कृतिविद् जोशीलाई १ लाख १ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको हो।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा गंगाप्रसाद उप्रेतीले जोशीलाई सम्मान गरेका थिए। जोशीले भाषा साहित्य र संस्कृति संरक्षणको क्षेत्रमा अतुलनीय योगदान दिएको भन्दै डा उप्रेतीले प्रशंसा गरेका थिए।
नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले भाषासाहित्य र संस्कृति संरक्षणमा योगदान पुर्याउनेलाई सबैले सम्मान गर्नुपर्ने धारणा राखेका थिए। कार्यक्रममा संस्थाका सचिव तथा वरिष्ठ साहित्यकार दधिराज सुवेदीले संस्था गठन र गतिविधिका विषयमा जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।