काठमाडाैं- नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ आर्थिक कार्यविधि परिमार्जन गरेको छ। क्यान कार्यसमितिको बैठकले दुई दशकपछि सो कार्यविधि परिमार्जन गरेको हो।
कार्यविधिमा खेलाडीको खेल भत्ता बढाइएको छ। खेलाडीले एक दिवसीय अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा १० हजार भत्ता पाउने छन्। यसअघि टी २० अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा पाँच हजार भत्ता पाइन्थ्यो।
यस्तै, महिला खेलाडीले एक दिवसीय प्रतियोगिताको पाँच हजार र टी २० प्रतियोगितामा तीन हजार पाउनेछन्। खेलाडीले बन्द प्रशिक्षणमा दैनिक पाँच सय भत्ता पाउने कार्यविधिमा व्यवस्था गरिएको छ।
घरेलु प्रतियोगिता हुँदा खेलाडीले पाँच सय भत्ता पाउने क्यानले जनाएको छ। क्यानले कोषाध्यक्ष रोशन सिंहका संयोजकत्वमा तीन सदस्यीय आर्थिक कार्यविधि तयार समिति गठन गरेको थियो। समितिका सदस्यमा दुर्गाराज पाठक र माधव कर्माचार्य रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।