काठमाडौं– बाँकेकाे डडुवा खोलाको नहरमा तीन जना किशोरको शव भेटिएको छ।
कोहलपुर नगरपालिका–१० चटारस्थित नहरमा बुधबार साँझ तीन किशोरको शव भेटिएको प्रहरीले जनाएकाे छ।
मृत भेटिनेमा कोहलपुर–११ का १६ वर्षीय अरिब जसगढ, १७ वर्षीय अरमान जसगढ र १८ वर्षीय रासिद जसगढ रहेको बाँके प्रहरीका प्रवक्ता मधुसुदन न्यौपानेले बताए।
उनीहरुको नहरमा पौडी खेल्न जाँदा बेवत्ता भएको जानकारी आएपछि खोजीका लागि निस्केको प्रहरीले शव भेटेको हो। तीनै जनाको शव पोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।