काठमाडौं– केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य बिहीबार पनि घटेको छ। आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ।
बुधबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ।
बुधबार पनि सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ७ सय रुपैयाँले घटेको थियो। आज तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढेको छ।
बुधबार १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।