काठमाडौं- अमेरिकाले उत्तर कोरियासँगको छलफलका लागि ढोका खुलै रहेको जनाएको छ। उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेको भोलिपल्ट अमेरिकाले उत्तर कोरियाप्रति कुनै पनि शत्रुतापूर्ण रवैया नभएको बताएको छ।
अमेरिकी राष्ट्रपति जो वाइडेनका उत्तर कोरियाली दूतले उत्तरसँगको कुराकानीका लागि ढोका खुला रहेको बताए।
टोकियोमा जापान र दक्षिण कोरियाका वरिष्ठ अधिकारीसँगको बैठकका क्रममा सुंग किमले यस्तो बताएका हुन्। उनले अमेरिका र उत्तरको सम्बन्ध शत्रुत्रापूर्ण नरहेको बताएका हुन्। तीन देशका दूतले उत्तर कोरियालाई फेरि कुराकानीका लागि टेबलमा ल्याउनेबारे चर्चा भएको थियो यस बाहेक आर्थिक र खाद्य संकटसँग जुधिरहेको उत्तर कोरियालाई मानवीय सहायता प्रदान गर्नेबारेपनि विचार गरिरहेको बीबीसीले जनाएको छ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले उत्तर कोरियाका शासक किम जोङ् उनसँग दुई वर्ष पहिला कुराकानीको प्रयास गरेका थिए तर त्यसमा कुनै सफलता प्राप्त नभएको जनाइएको छ।
अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकाको राष्ट्रपति पदको शपथ लिएको समय जनवरीमा उत्तर कोरियाले पछिल्लो पटक मिसाइल परीक्षण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।