काठमाडौं- जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
नलगाड नगरपालिका-५, खाराबाट कालीमाटीतर्फ छुटेको भे १ ज ९८७ नम्बरको जिप नलगाड नगरपालिकाको गेडेनी भीर नजिकै दुर्घटना भएको हो।
मंगलबार दिउँसो भएको दुर्घटनामा बारेकोट गाउँपालिका-२ की ५० वर्षीया शान्ति रोकाय र २५ वर्षीय अर्का एक पुरुषको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख, डीएसपी मधुकुमार थापाले बताए। मृतक पुरुष र घाइते पाँच जनाको सनाखत हुन बाँकी रहेको डीएसपी थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।