काठमाडौं– सार्वजनिक सवारीमा दसैंको अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवस्था विभागले तयारी सुरु गरेको छ।
अग्रिम टिकट खुलाउनेबारे यातायात व्यवसायीसँग छलफल भइरहेको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले बताए। केही दिनमै अग्रिम टिकट बुकिङ खुला गर्ने मितिबारे निर्णय हुने उनको भनाइ छ।
यातायात व्यवसायीसँग पहिलो चरणमा छलफल भइसकेको बताउँदै उनले अब छिट्टै दोस्रो चरणको छलफल हुने जानकारी दिए। ‘दोस्रो चरणको छलफलमा यातायात व्यवसायीले तयारी गरेर आउनुहुन्छ र टिकट बुकिङबारे निर्णय हुन्छ,’ उनले भने, आगामी शुक्रबारसम्म बुकिङ सुरु हुने मिति टुङ्गो लगाउछौं।’
दसैंका अवसरमा सहजसँग यात्रुलाई घर जाने वातावरण बनाउन विभागले व्यवसायीसँग समन्वय गरेर अग्रिम टिकट बुकिङ खुलाउने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।