काठमाडौं– साविक विजेता चेल्सीले जितसहित च्याम्पियन्स लिगको नयाँ सिजन सुरु गरेको छ।
रोमेलु लुकाकुको गोलसँगै चेल्सीले सिजनको पहिलो खेलमा जित दर्ता गरेको छ।
मंगलबार राति सम्पन्न खेलमा चेल्सीले रुसी क्लब जेनिट सेन्ट पिटर्सबर्गलाई १–० ले हराएको हो।
खेलको ६९ औं मिनेटमा लुकाकुले गरेको गोल नै निर्णायक बन्यो। उनले सिजर अजपिलिकुएटाको पासमा हेडमार्फत गोल गरेका थिए।
लुकाकु कीर्तिमानी रकमसहित यसै सिजन चेल्सी आएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।