काठमाडौं– पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ। वर्षासँगै पहिरो खस्दा पृथ्वीराजमार्ग अवरूद्ध भएको हो।
बुधबार बिहान २ बजेपछि इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलामा माथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको हो।
पहिरोका कारण दुईतर्फी यातायात नै ठप्प छ। पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
पहिरो हटाएर सडक सञ्चालनको तयारी भइरहेको बताउँदै इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले सडक सुचारु हुन केही समय लाग्ने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।