काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले माधव नेपालसहित १४ जनाविरुद्धको मुद्दाको औचित्य नभएको बताएका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ संघीय सांसद र लुम्बिनी प्रदेशका २ प्रदेश सभा सदस्यलाई पदमुक्त गर्न, प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध दायर भएको रिटमाथि सोमबार सर्वोच्च अदालतको इजलासमा बहस गर्दै उनले यस्तो जिकिर गरेका हुन्।
उनले संसद् सदस्यबाट निस्कासन गर्न सकिने भएपनि पार्टीबाट कोही पनि निस्कासन नहुने बताए। उनले जेठ ८ मा संसद् विघटन भएको र त्यसअघिको कारण देखाएर अहिले नेपालसिहतका नेताहरूलाई कारबाही गर्न नमिल्ने जिकिर गरे। उनले जसको हकहितमा असर पर्ने हो उसलाई विपक्षी बनाए मुद्दा चलाउन नमिल्ने बताए।
'उहाँहरू (माधव नेपालसहितका नेताहरू) भदौ १ मा नयाँ पार्टीमा जानुभएकाे होइन। भदौ २ मा अध्यादेश आएपछि प्रक्रिया सुरु भएको हो। त्यसकारण यो मुद्दाको औचित्य छैन', थापाले तर्क गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।