काठमाडौं- बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिकै बसको ठक्करबाट दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए।
काठमाडौंदेखि बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नंको बसले आज दिउँसो पौने दुई बजेतिर ठक्कर दिँदा राप्तीसोनारी–८ बालापुर बस्ने २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारुको मृत्यु भएको प्रमुख मल्लले जानकारी दिए।
बसको ठक्करबाट मृत्यु भएको विषयलाई लिएर पीडित पक्षले पूर्वपश्चिम राजमार्गअन्र्तगत समसेरगञ्जमा राजमार्ग अवरुद्ध गरेपछि लामो र छोटो दूरीका सवारी साधनहरु रोकिएका छन्। पैदल हिँडिरहेका चौधरी र खड्कालाई बसले ठक्कर दिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।