काठमाडौं- पाकिस्तानमा महँगी बढेपछि एक मन्त्रीले कम खान नागरिकलाई सल्लाह दिएका छन्।
पाकिस्तान प्रशासित कश्मीर र गिलगित बाल्टिस्तान मामलाका संघीय मन्त्री अली अमीन गन्डापुरले बढ्दो महँगीका कारण नागरिकलाई 'चियामा कम चीन र रोटी कम खान' सल्लाह दिएका हुन्।
उनले पाकिस्तान प्रशासित कश्मीरमा आयोजित एक सभामा सम्बोधन गर्दै यसो भनेका हुन्।
भाषणका क्रममा महँगीबारे टिप्पणी गर्दै उनले भने, 'यदी चियामा १०० दाना चिनी राख्ने गरेकोमा ९ दाना कम राख्दा के त्यो कम मिठो हुन्छ होला र?"
देशका लागि र आत्मनिर्भरताका लागि केही त्याग गर्नु पर्ने उनको भनाइ छ।
''के हामी आफ्नो देशका लागि र आत्मनिर्भरताका लागि यति पनि गर्न सक्दैनौ त? यदी मैले यसवटा रोटी बनाउने ठाउँमा ९ वटा कम गर्न सक्दिन?'' उनले प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।