काठमाडौं- महिनौंसम्म मानिसको नजरबाट ‘ओझेल’ रहेपछि चीनका अर्बपति कारोबारी ज्याक मा हङकङमा देखिएका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार उनले केही कारोबारी र सहयोगीसँग खानपानको समयमा भेट गरेका हुन्।
गत वर्ष अक्टोबरमा चीन सरकारको नीतिको आलोचना गरेपछि ज्याक मा महिनौं ‘गायब’ भएका थिए। त्यसपछि उनी गत जनवरीमा देखिएका थिए।
अक्टोबरमा भएको उक्त घटनापछि अलीबाबाका संस्थापक ज्याक मा बहुत कम अवसरमा सार्वजनिक रूपमा मानिसहरुको अगाडि आए।
अक्टोरब २०२०२ मा ज्याक माले आफ्नो भाषणमा चीनको नियामक प्रणालीमाथि प्रश्न उठाएका थिए। जसका कारण उनले चिनियाँ अधिकारिहरुको रिसको सामना गर्नु परेको थियो।
यति मात्र होइन उनको एन्ट ग्रुप फिनटेक आर्मको ३७ अर्ब डलरको आईपीओ निलम्बित गरिएको थियो।
अक्टोबरको भाषणपछि ज्याकमाको कारोबारमाथि निगरानी थालिएको थियो भने अलिबाबा बिरुद्ध एन्टी-ट्रस्ट जाँच शुरू गरिएको थियो।
यति मात्र होइन उनीहरुले एन्टलाई ऋण दिने आफ्नो मुख्य कारोबारलाई यसको अनलाइन पेमेन्ट डिभिजनबाट अलग गर्न आदेश दिएका थिए।
एक समयमा चीनको सबैभन्दा मुख्य कारोबारीमा रहेका ज्याक अब महिनौं मानिसहरुको नजरमा आइरहेका छैनन् भने सार्वजनिक रुपमा केही भनेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।