काठमाडौं- बेलायती महारानी एलिजाबेथ द्वितीय जलवायु शिखर सम्मेलन सीओपी २६ मा भाग नलिने भएकी छन्।
बेलायती राजदरबार बकिंघम प्यालेसले यस बारेमा पुष्टि गरेको बीबीसीले जनाएको छ।
महारानी एलिजाबेथले आगामी हप्ता आयोजना हुने जलवायु शिखर सम्मेलन सीओपी-२६ मा सहभागी हुनका लागि ग्लासगोको यात्रा नगर्ने भएकी हुन्।
चिकित्सकहरुले महारानीलाई आरामको सल्लाह दिएको र त्यसलाई मध्यनजर गर्दै उनी सम्मेलनमा सहभागी नहुने बकिंघम प्यालेसले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।