काठमाडौं- नेकपा (एमाले) ले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। एमालेले मंगलबार देशभर पालिका अधिवेशन आयोजना गरेको थियो।
त्यसक्रममा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको प्रथम अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो। जसअनुसार अध्यक्षमा शशिनाथ आचार्य, उपाध्यक्षमा बाबुराम लामा, सचिवमा रामशरण गिरी, उप सचिवमा मिलन दनुवार र रामकुमार आचार्य लगायत सर्वसम्मत रुपमा चयन भएका हुन्।
कार्यक्रममा एमाले कार्यालय सचिव शेरबहादुर तामाङ, जिल्ला अध्यक्ष झम्क नेपाल लगायतको पनि उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।