काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि मन्त्रिपरिषद्ले नयाँ समिति गठन गर्ने भएको छ।
अध्यक्ष छनोटका लागि मन्त्रिपरिषद् बैठकले नयाँ समिति बनाउन लागेको बताउँदै अर्थ मन्त्रालयका एक अधिकारीले सोही समितिले अध्यक्ष छनोट गर्ने बताए। नयाँ समिति गठन गरेपछि मात्र छनोट प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ।
यसअघि अर्थमन्त्रालयले एक समिति बनाई आवेदन माग गरेको थियो। बोर्ड अध्यक्षका लागि १२ जनाले आवेदन दिदएका छन्। पुरानै आवेदनका आधारमा छनोट गर्ने वा पुनः आवेदन माग्ने भन्ने विषयमा कुनै निर्णय नभएको ती अधिकारीले बताए।
‘नयाँ आवेदन लिने वा पुरानैलाई निरन्तरता दिने भन्ने विषय नयाँ समिति बनेपछि मात्र निर्णय हुनेछ।’ छनोटका विषयमा कानूनी विवाद देखिएपछि नयाँ समिति नयाँ गठन गर्न लागेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।