काठमाडौं- नेपाली राष्ट्रिय महिला टोलीले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा दोस्रो जित हात पारेको छ।
कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो। कुवेतले दिएको २८ रनको सामान्य लक्ष्य नेपालले ३.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा इन्दु बर्माले १३ र कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन्। कुवेतका लागि मारिया जस्वीले एक विकेट लिइन्।
यसअघि दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५.४ ओभरमा अलआउट हुँदै २७ रन जोडेको थियो।
कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
कुवेतलाई सस्तैमा समेट्न संगीता राई र कप्तान रुविना क्षेत्रीले समान ३/३ विकेट लिइन्।
यता, करुणा भण्डारी र सरस्वती कुमारी चौधरीले १/१ विकेट लिइन्।
यसअघि पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको थियो।
यता, कुवेत अघिल्ला दुवै खेलमा पराजित भएको थियो।
नेपालले अब शुक्रबार मलेसिया र आइतबार युएईसँग खेल्नेछ। शीर्षस्थानमा रहेर अगामी वर्ष हुने टी-२० ग्लोबल क्वालिफायर खेल्न नेपालले बाँकी दुवै खेलमा फराकिलो जित निकाल्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।