काठमाडौं– शुक्रबार चितवनमा हुने नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन समारोहमा भारतको सत्तारुढ दल, भारतीय जनता पार्टी (भाजपा)का नेताहरु सहभागी हुने भएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निमन्त्रणा स्वीकार गरेर भाजपाका नेताहरु उद्घाटन समारोहमा शुभकामना दिन आउन लागेको एमालेले जानकारी दिएको छ।
भाजपाका नेताद्वय डा हर्ष वर्धन र हरिश द्विवेदी एमाले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन लागेका हुन्।
हर्षवर्धन भारतका पूर्वकेन्द्रीय मन्त्री हुन् भने द्विवेदी भाजपाका सचिव हुन्। एमालेले विभिन्न देशका पार्टीहरूलाई महाधिवेशन उद्घाटन सत्रमा निमन्त्रणा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।