काठमाडौं- नेकपा एमालेका प्रचार विभागका प्रमुख योगेश भट्टराइले महाधिवेशन उद्घाटन कार्यक्रममा स्वदेशीसहति विदेशी नेताहरुको उपस्थिति रहने बताएका छन्।
दशौं महाधिवेशनको उद्घाटन समारोहको पूर्वसन्ध्या नारायणी नदी किनारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित भारत, बंगलादेश, श्रीलंका, कम्बोडिया लगायतका देशका राजनीतिक दलका प्रतिनिधीहरु सहभागी हुने जानकारी दिए।
चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट भिडियो सन्देश प्राप्त भएको उनले जानकारी दिए। देशमा रहेका राजनीतिक दलका नेताहरु पनि महाधिवेशनमा आउने उनले बताए।
उनले महाधिवेशनमा २ हजार १७५ जना प्रतिनिधि र १०३ जना पर्यवेक्षक रहने बताए। महाधिवेशनमा ६२७ जना महिला प्रतिनिधि रहेन उनले बताए।
दलित, उत्पीडित वर्गबाट २०९ जना प्रतिनिधि सहभागी रहेको उनले बताए। उद्घाटनपछि सबै प्रतिनिधि र पर्यवेक्षकहरुलाई खाना र बस्नको व्यवस्था गरिएको उनले बताए। सबै प्रतिनिधिहरूलाई भोलि नै परिचय पत्र वितरण गरिने र पर्सी ११ बजेबाट बन्द सत्र सुरु हुने उनले बताए।
उद्घाटनसत्रको कार्यक्रमका कारण सार्वजनिक सवारीको आवागमन अवरुद्ध हुन नहुने भट्टराईले बताएका छन्। उनले यसबारे स्थानीय प्रशासनले पार्टीसँग कुनै पनि छलफल नगरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।