काठमाडौं– ‘ए’ डिभिजन क्लब सातदोबाटो युथ क्लबका मिडफिल्डर सिफामन्ड्ला एसेलो माथेन्ज्वाले लिगका बाँकी खेल गुमाउने भएका छन्।
चोटको कारण दक्षिण अफ्रीकाका मिडफिल्डर माथेन्ज्वाले लिगका बाँकी खेल गुमाउने क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले जानकारी दिएका हुन्।
‘उनको निकै सिरियस इन्जुरी छ। जहाँसम्म लाग्छ शल्यक्रिया गरेर उनी तीन महिनापछि फर्कनेछन्। त्यसले हामीलाई निकै घाटा भएको छ,’ उनले भने।
फ्रेन्ड्स क्लबविरुद्धको पहिलो खेलमा माथेन्ज्वा घाइते भएका थिए। १९औं मिनेटमा अनिल महर्जनको खराब ट्याकलको कारण उनी चोट बोक्दै मैदान बाहिरिएका थिए।
उनको स्थानमा प्रसान्त अवस्थी मैदान प्रवेश गरेका थिए। ‘एन्फाले लिगमा ३ विदेशी खेलाडी खेलाउने प्रावधान राखेको छ। तर, यो प्रावधान सच्याउनुपर्ने देखिन्छ। विदेशी खेलाडीको हकमा कोही घाइते भए उनको स्थानमा अन्षय खेलाडी राख्न पाउनुपर्छ,’ केसीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।