काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले युनाईडेट अरब इमिरेट्स (युएई)मा आयोजना हुने यू-१९ एसिया कप पुरुष क्रिकेट प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा २० खेलाडी छनोट गरेको छ।
क्यानले यू–१९ पुरुष क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। नेपाली टोलीले बुधबारबाट प्रशिक्षण थाल्ने छ।
प्रतियोगिता २० डिसेम्बरदेखि २ जनवरीसम्म हुने तालिका रहेको छ। प्रतियोगितामा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ।
बन्द प्रशिक्षणमा परेका खेलाडी :
देव खनाल, मोहमद हुसेन, वसिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक राना मगर, तिलक राज भण्डारी, सोनु अन्सारी, दिपेश कँडेल, अर्जुन यादव,कमल परियार, अनुजकुमार चुनारा, प्रकाश जैशी, बसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुलशन झा, विपिन शाही, आदील अन्सारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।