काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ।
ओलीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री देउवा शनिबार बिहान १० बजे भक्तपुर बालकोटस्थित ओली निवास पुगेका थिए।
संसद् खुलाउने विषयमा संवाद गर्न देउवा ओली निवास पुगेका हुन्। दुई नेताहरुबीचको छलफलमा एमसीसी लगायका विषयमा पनि कुराकानी हुने बताइएको छ।
यसअघि बिहीबार र शुक्रबार सत्ता गठबन्धनको बैठक बसेको थियो। उक्त बैठकले संसद चलाउने विषयमा पहल गर्ने निर्णय गरेको थियो।
संसद पुनर्स्थापना भएपछि प्रतिपक्षी एमालेले संघीय संसदमा अवरोध गर्दै आएको छ। एमालेले कारबाही गरेका सांसदहरुको सूचना सभामुखले नटाँसेको भन्दै एमालेले निरन्तर संसदमा नाराबाजी गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।