काठमाडौं- पत्रकार बसन्त बस्नेतको उपन्यास ‘महाभारा’ शनिबार लोकार्पण भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा बस्नेतकी छोरी अनुदिता बस्नेतले पुस्तक लोकार्पण गरेकी हुन्।
पुस्तक लोकार्पण कार्यक्रममा साहित्यकार उपेन्द्र सुब्बाले महाभाराबारे टिप्पणी गर्दै यो युद्धको क्रूर समयमा हुर्केको सुन्दर प्रेम कथा भएको बताए।
कार्यक्रममा लेखक बस्नेतसँग पत्रकार एवं लेखक शिवानीसिंह थारुले संवाद गरेकी थिइन्। थारुले नेपाली भाषालाई लिम्बू लबजको व्याकरणमा मिलाएर लेखिनु उपन्यासको सबल पक्ष रहेको उल्लेख गरिन्। पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।