काठमाडौं– बैंकिङ कसूर मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं जोरपाटी बस्ने खोटाङ कपिलासगढी गाउँपालिका–९ स्थायी ठेगाना भएका ३२ वर्षीय प्रकाश राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
उक्त मुद्दामा ४० लाख रुपैयाँ बिगो ठहर भएका उनलाई उच्च अदालत पाटन ललितपुरले गत कात्तिक १० गते पक्राउ पुर्जी जारी गरेको थियो।
उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जोरपाटीमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।