भारत- पश्चिम बंगालको जलपाईगुडी जिल्लामा गुवाहाटी बिकानेर एक्सप्रेस ट्रेन दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। यो दुर्घटना बुधबार राति भएको हो जब रेलको १२ डब्बा पटरीबाट बाहिरिएको थियो।
केन्द्रीय मन्त्री जोन बालराले समाचार एजेन्सी एएनआईलाई बताए अनुसार रेल दुर्घटनामा ९ जनाको मृत्यु भएको भने ३६ जना घाइते भएका छन्। घाइतेलाई अलग-अलग अस्पतालमा भर्ना गरिएको छ।
रेलवेका अनुसार बिहीबार साँझ पाँच बजे यो दुर्घटना भएको हो। दुर्घटनाबारे जाँच गर्न आदेश दिइएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।