काठमाडौं– शुक्रबारबाट नेपाली सिनेमा हलमा दुई वटा फिल्मको प्रदर्शन सुरु भएको छ। पटक पटक प्रदर्शन मिति सरेको नेपाली फिल्म ‘चपली हाइट ३’ र एनिमेटेड जापानी फिल्म ‘माइ हिरो एकेडेमियाः वर्ल्ड हिरो मिसन’ आजबाट सिनेमा हलमा प्रदर्शन हुन लागेका हुन्।
‘चपली हाइट ३’ अर्जुन कुमारले निर्माण गरिरहेको फिल्म शृङ्खला ‘चपली हाइट’कै तेस्रो सिक्वेल हो। थ्रिलर विधामा रहेको यो फिल्मलाई निकेश खड्काले निर्देशन गरेका छन्। यसअघि पुस २ र त्यसपछि पुस १५ मा प्रदर्शन हुने भनिए तापनि फेरि सरेको फिल्म अन्ततः आजबाट प्रदर्शनमा आउन लागेको हो। फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठीलगायतका कलाकारको अभिनय रहेको छ।
जापानी एनिमेटेड फिल्म ‘माइ हिरो एकेडेमियाः वर्ल्ड हिरो मिसन’ जापानी सुपर हिरो कमिक्स ‘ माइ हिरो एकेडेमिया’मा आधारित रहेर बनेको फिल्म हो। यो कमिक्सलाई कोहे होरिकोशीले लेखेका थिए। फिल्मलाई भने केन्जी नागासाकीले लेखेका छन्। फिल्म गत वर्ष न अन्तराष्ट्रिय रुपमा प्रदर्शनमा आइसकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।