काठमाडौं– काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दल्ने प्रयास गरेका छन्।
शिक्षा मन्त्रालयको सर्वपक्षीय छलफलमा सहभागी भएर फर्किने क्रममा विद्यार्थीहरुले शर्मालाई मन्त्रालयको मुख्य ढोकामा नै कालोमोसो दल्ने प्रयास गरेका हुन्।
शर्मालाई सत्तारुढ गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन अनेरास्ववियूका विद्यार्थीहरुले कालोमोसो दल्ने प्रयास गरेका हुन्।
प्रहरीका अनुसार शर्मालाई 'नमस्कार सर' भन्दै अगाडि बढेका चार-पाँच जना विद्यार्थीको समूहले कालोमोसो दल्ने प्रयास गरेका थिए।
चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रममा विभिन्न शिक्षण संस्थाहरूमा विद्यार्थी भर्ना, शुल्क तथा नियमित पठन पाठनका सन्दर्भमा समस्या समाधान गर्न शुक्रबार मन्त्रालयमा छलफल भएको थियो।
छलफल सकेर फर्केन क्रममा शिक्षा मन्त्रालयमा पुगेका विद्यार्थीहरुले शर्मालाई कालोमोसो दल्ने प्रयास गरेका हुन्। कालोमोसो दल्न खोज्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।