काठमाडौं- भारतीय टेस्ट क्रिकेट टोलीका कप्तान विराट कोहलीले आफूहरुले ब्याटिङमा सुधार गर्नुपर्ने बताएका छन्। शुक्रबार घरेलु टोली दक्षिण अफ्रिकासँग २–१ ले टेस्ट सिरिज गुमाएपछि उनले उक्त प्रतिकृया दिएका हुन्।
पहिलो टेस्ट गुमाएपनि त्यसपछि लगातार दुई जितसँगै तीन टेस्ट खेलको सिरिज दक्षिण अफ्रिकाले २–१ ले जितेको छ। शुक्रबार भएको तेस्रो तथा निर्णायक टेस्ट खेलमा भारतलाई ७ विकेटले हराउँदै दक्षिणअफ्रिकाले सिरिज जितेको हो।
खेलपछिको पत्रकार सम्मेलनमा कोहलीले भने,‘ब्याटिङमा सुधार गर्नुपर्ने कुरामा कुनै शंका छैन। ब्याटिङ दिनहुँ ध्वस्त हुनु राम्रो कुरा होइन।’
कोहलीलाई चेतेश्वर पुजारा र अजिंक्य रहाणेको फर्म र भारतीय टोलीमा उनीहरुको भविष्यका बारेमा पत्रकारले प्रश्न सोध्दा कप्तानले भने, ‘यहाँ बसेर यस विषयमा छलफल गर्नु मेरो काम पनि होइन।’
भारत पहिलो टेस्टमा १ सय १३ रनले विजयी भएको थियो। दोस्रो टेस्टमा दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।