काठमाडाैं- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डच मिडफिल्डर जर्जिनियो विनाल्डमलाई अनुबन्धित गरेको छ।
यस सिजनको अन्त्यसँगै लिभरपुलसँग सम्झौता सकिएपछि उनी पीएसजी पुगेका हुन्। बिहीबार पीएसजीले ३० वर्षीय मिडफिल्डर विनाल्डमलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेकाे जनाएको छ।
विनाल्डमले पीएसजीसँग तीन वर्षको सम्झौता गरेका छन्। विनाल्डमले लिभरपुलका लागि २ सय ३७ खेल खेलेका छन्। उनले लिभरपुलबाट च्याम्पियन्स लिग र प्रिमियर लिग जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।