काठमाडौं– नेपाली कांग्रेसको पोखरा महानगरपालिका सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन्। ५ प्रतिस्पर्धीलाई हराउँदै उनी सभापति निर्वाचित भएका हुन्।
बिजुक्छेले ४१४ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी गंगाधर पराजुलीले ३४६ मत पाए।
महानगरको उपसभापतिमा भवसागर बराल र प्रयागराज भण्डारी तथा सचिवमा टुबराज बाँस्तोला र गणेशबहादुर थापा विजयी भए।
सहसचिवमा संघर्ष कोइराला र सन्जय आले निर्वाचित भएका छन्। पोखरा महानगरको निर्वाचनमा कुल १३४४ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।