काठमाडौं–कपनको ढलमा खसेर बेपत्ता भएका १० वर्षीय बालक उज्ज्वल विकको शव भेटिएको छ। बालकको शव ललितपुरको दक्षिणी सीमाना मकवानपुर नजिकको बागमती गाउँपालिका–१ घुसेल भन्ने ठाउँमा भेटिएको हो।
बागतमती नदीमा भेटिएको शव प्रहरीले करिब २ घण्टा पैदल बोकेर बाटोमा ल्याउँदै गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्रचार्यले बताइन्।
उक्त शव पोस्टमार्टमपश्चात परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।
विक गत मंगलबार कपनस्थित ढलमा खसेर हराएका थिए। उनी परिवारका साथमा कपन साततले पाथिभरा टोलमा बस्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।