काठमाडौं– नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका न्यायाधीहरुसँग प्रधानन्यायाधीशविरुद्धको आन्दोलनबाट आफूहरु पछि नहट्ने बताएको बताएको छ।
सर्वोच्चका न्यायाधीश र बार पदाधकारीबीच बिहीबार भएको छलफलमा बारले प्रधानन्यायाधीशको राजीनामा आफूहरुको बटमलाइन भएको बताएको थियो। उक्त मागबाट पछि नहट्ने भएकाले सहयोग गर्न न्यायाधीशहरुलाई आग्रह गरेको बैठकमा सहभागी बार एसोसिएसनका एक पदाधिकारीले बताए।
'हामी राजीनामाको मागबाट पछि हट्दैनौं, जस्तो सुकै आन्दोलन गर्नपरेपनि' न्यायाधीशरुसँगको छलफलबारे उनले भने, ' बेञ्च बहिष्कारदेखि अन्य कार्यहरु गर्छौं। तपाईंहरुले सहयोग गर्नुपर्छ भनेर हामीले आग्रह गर्यौं।'
न्यायाधीशहरुले भने आफूहरुपनि न्यायालय सुधारको पक्षमा रहेको बताउँदै सहयोग गर्ने वचन दिएका थिए भने प्रधानन्यायाधीशसँग इजलास 'सेयर' नगर्ने बताएका थिए।
आज फुलकोर्ट बस्नुअघि दुई पक्षबीच छलफल भएको हो। आजै बारले सर्वोच्चबाट बालुवाटारसम्म मार्च पास गर्दै छ। सर्वोच्चमा बस्ने फुलकोर्टले आगामी १५ गतेदेखि गोलाप्रथामार्फत इजलास तोक्ने निर्णय गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।