काठमाडौं– भारतीय सेनाले नेपाली सेनालाई ५ वटा वर्कशप ट्रक हस्तान्तरण गरेको छ। सहमति भएको ३ वर्षपछि भारतीय सेनाले नेपाली सेनालाई ५ वटा ट्रक हस्तान्तरण गरेको हो।
२०७५ मंसिर २८ गते काठमाडौंमा सम्पन्न भएको नेपाल-भारत द्विपक्षीय परामर्श समूहको १३ औं बैठकमा भारतीय सेनाले नेपाली सेनालाई वर्कशप ट्रक सहयोग स्वरुप उपलब्ध गराउने सहमति भएको थियो।
बिहीबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच भारतीय सेनाद्वारा नेपाली सेनालाई
सहयोग स्वरुप उपलब्ध गराएको ट्रकहरु हस्तान्तरण गरिएको हो।
भारतका सैनिक सहचारी महासेनानी अमित शर्माले नेपाली सेनाको हतियार तथा नियन्त्रित उपकरण व्यवस्था
निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई वर्कशप ट्रक हस्तान्तरण गरे।
उक्त कार्यक्रममा नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।