काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै आज दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको जानकारी दिएको हो।
बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा हालै सम्पन्न महाधिवेशनका विषयमा छलफल हुनेछ। आजको बैठकमा मनोनयन गर्न बाँकी केन्द्रीय सदस्यका विषयमा पनि छलफल हुने एक नेताले बताए।
उक्त बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।