काठमाडौं– च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा बार्सिलोना पराजित भएको छ।
मंगलबार राति सम्पन्न खेलमा बार्सिलोना घरेलु मैदानमै जर्मन क्लब बायर्न म्युनिखसँग ३–० ले गोलअन्तरले पराजित भएको हो।बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे।
बायर्नले खेलको ३४औं मिनेटमा मुलरको गोलबाट अग्रता लिएको थियो। लिरो सानेको पासमा मुलरले गोल गरेका थिए।
लेवान्डोस्कीले दुबै गोल खेलको दोस्रो हाफमा गरेका थिए। उनले खेलको ५६औं मिनेटमा उनको गोलसँगै बायर्नको अग्रता दोब्बर बनेको थियो। खेल सकिन एक मिनेटअघि लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३–० को जित दिलाए।
समूह ‘इ’कै अर्को खेलमा बेन्फिका र डायनामो किभले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।