काठमाडौं- बालिकालाई ट्रकभित्र जबरजस्ती करणी गरेर फरार रहेका दुईजना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले मंगलबार काभ्रेपलाञ्चोकको धुलिखेलबाट ट्रक चालक हर्कबहादुर विश्वकर्मा र सहचालक निदिप धिमाललाई पक्राउ गरेको हो।
यही भदौ २६ गते रातिको १२:३० बजेको समयमा भक्तपुर नगरपालिका-१ सिर्जनानगरस्थित सडकखण्डमा पूर्वतर्फ जानको लागि भनी गाडी कुरिरहेकी करिब १३ की बालिकालाई नम्बर नखुलेको ट्रकले गन्तव्यसम्म पुर्याइदिने भनी गाडीमा राखेर ल्याएकोमा करिब १:३० बजेको समयमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित साझा पेट्रोल पम्प अगाडि गाडी रोकी सोही गाडीभित्रै चालक र सहचालक दुवैजना मिलि पालैपालो जबरजस्ती करणी गरेको आरोप उनीहरुमाथि छ।
बलात्कारपछि उनीहरुले बालिकालाई गन्तव्यसम्म नपुर्याई सोही स्थानमा छाडेर गाडी लिइ फरार भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानमा खटिएको प्रहरीको विशेष अनुसन्धान टोलीको अनुसन्धानबाट प्रदेश २-०३-००१ ख १४८५ नम्बरको भाडाको ट्रक उक्त घटनामा प्रयोग भएको खुलेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।