काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठकमा भीम रावल अनुपस्थित भएका छन्।
बुधबार दिउँसो बानेश्वरमा सुरु भएको बैठमा रावल बाहेक नेपाल पक्षका अन्य स्थायी कमिटी सदस्यहरु भने सहभागी भएका छन्।
बैठकमा सुरेन्द्र पाण्डे भने केही ढिलो गरी उपस्थित भएका थिए। घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत नेताहरु भने समयमै बैठकस्थलमा उपस्थित भएका थिए।
एमालेका उपाध्यक्ष समेत रहेका नेता रावलले आइतबार (साउन ३ गते) प्रतिनिध सभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।